निर्वाचन सुरक्षालाई त्रुटीरहित ढंगले सम्पन्न गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

लोकपथ
42
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई त्रुटीरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गर्दै उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । 

त्यसैगरी यहाँका ९ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?