गगनको कटाक्ष– ‘नक्कली कागज बनाएर विदेशिएकाहरु अहिले आएर चुनावमा चटक गर्न थाले’

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारप्रति कटाक्ष गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले निष्दृष्ट योजना बमोजिम आफूहरुले काम गर्ने विश्वास समेत दिलाए ।

नयाँ राजनीतिक दलका नाममा उदाएका दलहरुले पूरानालाई गाली गर्ने मात्रै काम गरिहरहेको भन्दै त्यसले वर्तमान नेपालको समस्या समाधान नगर्ने समेत बताए ।

‘हिजो कर्णालीमा माओवादीले मान्छे मार्दै गर्दा नक्कली शरणार्थीको कागज बनाएर हिजो बाहिर गएर मस्ती मारिरहेकाहरु आज हाम्रो बिचमा आएर हाम्रो बिचमा घुमेर ५ वर्षमा चटक गर्छु भन्दै गर्दा कम्तिमा कर्णालीले नपत्याओस्,’ उनले भने ।

अहिले नयाँ आएको राजनीतिक दलहरुले पूराना राजनीतिक दलहरुले केही गरेनन् हामी आएर काम गर्छौँ भनिरहे पनि उत्तरले समस्याको समाधान नदिने टिप्पणी गरे ।

उनले भदौ २३ र २४ को घटनाले देशलाई अहिले निर्वाचनमा जाने बाटो बनाएको भन्दै उक्त दिन र त्यस घटनालाई भुल्न नहुने समेत बताए । साथै जेनजी आन्दोलनको जगमा भइरहेको निर्वाचन र त्यस निर्वाचनबाट बन्ने सरकारले मुलुकलाई सम्हालेर अघि बढनुपर्ने बताए ।

‘चुनाव आउन अब केही दिन मात्र बाँकी छन् । यो चुनाव यसरी आउँछ भन्ने हामी कसैले पनि सोचेका थिएनौँ । यो हाम्रो योजनाको चुनाव पनि होइन । यो चुनाव हाम्रो बाध्यता हो । तर यो चुनाव अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्नका निम्ति अनिवार्य सर्त पनि हो । योभन्दा अर्को विकल्प थिएन र छैन,’ उनले भने, ‘त्यसकारण चुनाव घोषणा भएको दिनदेखि नै चुनावको परिणामको चिन्ता नगरिकन चुनावलाई सफल बनाउनको लागि नेपाली काँग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसको एउटा प्रतिवद्धता छ, चुनावका बारेमा यताउता र केही संशयहरु सिर्जना गर्न खोजिएको छ । ति तमाम संशयहरुलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रुपमा साथ दिँदै संविधानलाई लयमा ल्याउने प्रतिवद्धताबाट नेपाली काँग्रेस एक इन्च पनि तलमाथि गर्दैन । फागुन २१ को चुनावको सन्दर्भ हामीले भाद्र २३ र २४ लाई बिर्सिएर हुदैन । त्यो २३ र २४ भदौको घटनाले नै हामीलाई २१ फागुनको चुनावमा पुर्याएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?