सीके राउतको प्रतिबद्धता पत्रमा के छ ?

लोकपथ
28
Shares

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

सप्तरी क्षेत्र नं.२ बाट उम्मेदवारसमेत रहेका पार्टी अध्यक्ष डा.राउतले एक कार्यक्रममार्फत आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले आफ्नो पहिलो प्राथमिकता शान्ति–सुव्यवस्था कायम गर्नु रहेको बताएका छन् । 

विगतका दशकहरूमा सप्तरीमा देखिएको डर, त्रास, असुली, अपहरण र गुन्डागर्दीको ‘जंगलराज’ अन्त्य गर्ने उनको उद्घोष छ ।

डा.राउतले आगजनी, लुटपाट तथा झुटा मुद्दा लगाउने प्रवृत्तिको अन्त्य गर्दै सबै जातजाति र समुदायका लागि अमनचैनको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले कानूनको शासन सुदृढ बनाउँदै नागरिकलाई सुरक्षित र भयमुक्त समाजको अनुभूति गराउने दाबी गरेका छन् ।

उनका अनुसार विकास, सुशासन र सामाजिक सद्भावलाई सँगसँगै अघि बढाउँदै सप्तरीलाई स्थायित्व र समृद्धिको मार्गमा लैजाने लक्ष्यसहित प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?