काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईँ कांग्रेस प्रवेश गरेका छन् ।
केही दिनअघि रास्वपा छाडेका हुमागाईँ मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् ।
हुमागाईँ सभापति थापाको निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा पुगेर कांग्रेस प्रवेश गरेका हुन् ।
हुमागाईँले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका थिए । हुमागाईँले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया