काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको मिति सार्ने हल्लाबारे प्रतिक्रिया जनाएका छन् ।
मंगलबार इटहरीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले निर्वाचन सार्ने नै भए तोकिएको मिति भन्दा ४ दिन अघि सारौँ भन्दै कटाक्ष ।
‘चुनाव सारौँ सारौँ भन्नेहरुलाई यति भन्न चाहान्छु । चुनाव सार्ने भए चार दिन अघि सारौँ, हामीलाई ठिक छ,’ लामिछानेले भनेका छन् ।
त्यस्तै लामिछानेले पूराना दलका नेता कार्यकर्ताहरुप्रति कटाक्ष गरेका छन् । उनले २०औँ वर्ष सांसद मन्त्री भइसकेपछि मात्रै बाटो बनाउन कानुन चाहिने रहेछ भन्ने ज्ञान आयो भन्दै कटाक्ष गरे ।
केही समयअघि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले ठेकेदारहरुलाई रुखमा बाँधेर भए पनि बाटो बनाउने दाबी गरेका थिए । यता उक्त भनाइलाई काउन्टर दिँदै कांग्रेस सभापति गगनकुमार थापाले निर्माण सम्बन्धी विभिन्न ऐनहरु बनाएमा मात्रै बाटो बनाउन सकिने बताएका थिए ।
सोही भनाइप्रति कटाक्ष गर्दै लामिछानेले भने, ‘२० वर्ष सांसद र मन्त्री भएपछि मात्र तपाईँहरुलाई बाटो बनाउन कानुन चाहिने रहेछ भन्ने थाहा भयो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया