निर्वाचनमा सबैको समर्थन र सहभागिताको अपेक्षा छ : मन्त्री श्रेष्ठ

लोकपथ
35
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ को निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताएकी छन् ।

समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणालीको शुभारम्भ गर्दै उनले निर्वाचनमा सबैको समर्थन र सहभागिताको अपेक्षा सरकारले गरेको पनि बताएकी हुन । मन्त्री श्रेष्ठले परिषद्लाई प्रविधिमैत्री बनाउँदै कागजी झन्झट मुक्त गर्ने घोषणा गरिन् ।

मन्त्री श्रेष्ठले भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलन पश्चात विषम परिस्थितिमा बनेको अन्तरिम सरकारले स्वास्थ्य, शिक्षा र प्रशासन लगायत सामाजिक विकासको क्षेत्रमा दूरगामी महत्वका नीतिगत सुधारहरू गरेको बताइन् । विशेष गरी दर्ता भए पश्चात कुनै फाइल अघि बढ्ने र कुनै नबढ्ने जुन स्वेच्छाचारी अधिकारको समस्या रहेको र यस प्रणालीले त्यस्ता समस्यालाई अन्त्य गरी सुशासन कायम गर्न पहिलो पाइला चाल्ने मन्त्रीको दाबी छ ।

मन्त्री श्रेष्ठकाअनुसार, ‘भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात विषम परिस्थितिमा बनेको अन्तरिम सरकारले स्वास्थ्य, शिक्षा, प्रशासन लगायत सामाजिक विकासको क्षेत्रमा दूरगामी महत्त्वका नीतिगत सुधारहरू गरेको छ । यसै क्रममा हाम्रो मन्त्रालयले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको परियोजना सहजीकरण सम्बन्धि कार्यविधि, २०८२ कार्यान्वयनमा ल्याएको छ । बालबालिकाको हितलाई केन्द्रमा राखी बालबालिका उत्तरदायी बजेट संकेत सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०८२ र लैङ्गिक समानता सुनिश्चित गर्न राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ तर्जुमा गरी लागू गरेको जानकारी गराउन चाहन्छु । साथै ज्येष्ठ नागरिकको सुरक्षाको लागि सञ्चालनमा ल्याइएको १११५ ज्येष्ठ नागरिक हटलाइन सेवाले उहाँहरुको मर्यादा रक्षामा ठूलो टेवा पुर्‍याएको छ ।’

मन्त्री श्रेष्ठले गैर–नाफामुलक संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका समेत जारी भएको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?