कांग्रेसले भन्यो– ‘अरुको झण्डा जलाउनु निन्दनीय, पार्टी छाडेका साथीहरु घर फर्किनुस्’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको मिति नजिकिँदै जाँदा भइरहेका गतिविधिप्रति आपत्ति जनाएको छ ।

एकअर्काप्रति घृणा फैलाउनेदेखि झण्डा जलाउनेसम्मका गतिविधिप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले आस्था फरक भएकै आधारमा हुने असहिष्णु गतिविधि सैह्य नहुने बताए ।

‘हामी अनुरोध गर्न चाहन्छाँै, जनता–जनताबिचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँ कतैबाट हुनु हुँदैन । सामाजिक द्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु श्रेष्ठकर हुँदैन । कसैको पनि आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झण्डा जलाउने गतिविधि नेपाली कांग्रेस निन्दनीय कार्य हो भनी ठान्दछ र यस्ता गतिविधिहरु तत्काल बन्द गरिनुपर्दछ,’ उनले भनेका छन् ।

त्यस्तै कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकादेखि निष्कृय रहेका नेताहरुलाई घर फर्किन आग्रह गरेको छ । प्रवक्ता चालिसेले असन्तुष्ट भइ पार्टी बाहिर रहेकाहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?