पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना आज दीक्षित हुँदै

लोकपथ
42
Shares

गण्डकी ।  पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । 

पोखरा महानगरपालिका–३० खादी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरूलाई उपाधि प्रदान गरिने  विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए  ।

व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ । 

उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । 

स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अंक ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?