काठमाडौं । रसुवाका एकैपटक ठूलो संख्यामा नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
संविधान सभा सदस्य समेत रहेका एमाले जिल्ला अध्यक्ष जनार्दन ढकालसहित विभिन्न जिम्मेवारीमा रहेका नेताहरु कांग्रेस प्रवेश गरेका हुन् ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगनकुमार थापाले उनीहरुलाई स्वागत गरेका हुन् ।
जसमा एमाले सचिवालय सदस्य, गाउँपालिकाका कमिटीका अध्यक्ष, जिल्ला कमिटी सदस्य, वडा कमिटीका अध्यक्षरु, गाउँपालिका कमिटी सदस्यसहित ७८ जना कांग्रेस प्रवेश गरेका हुन् ।
रसुवा एमालेमा लामो समयदेखि असन्तुष्टि बढिरहेको थियो । जिल्ला अध्यक्ष जनार्दन ढकाललाई पार्टीले बाइपास गरेको भन्दै असन्तुष्टि बढिरहेका बेला नेताहरुले पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
ढकाल एमालेका पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनले ०७० सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवामा एमालेबाट प्रत्यक्षमा निर्वाचित भएका थिए ।
एकैपटक ठूलो संख्यामा नेताहरु कांग्रेस प्रवेश गरेसँगै रसुवामा फागुन २१ को निर्वाचनमा समेत एमालेलाई धक्का लाग्ने देखिन्छ ।
सूची हेर्नुहोस् :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया