वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा ठगी, एक जना पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै रकम ठगी गरेको आरोपमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

  पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५६ वर्षीय महेश तामाङ  रहेका छन् । 

तामाङले एक जना पीडितबाट  तीन लाख ठगी गरेको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई वैदेशिक रोजगार विभागमा कारबाहीका लागि पेस गरिएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?