चन्द्रागिरिमा चर्चित भजन समूहले महाशिवरात्रिमा प्रस्तुति दिने, केबलकारमा ५० प्रतिशत छुट

लोकपथ
35
Shares

काठमाडौं । महाशिवरात्रिका दिन चन्द्रागिरि हिल्सको भालेश्वर मन्दिर परिसरमा पोखराको चर्चित भजन समूहले प्रस्तुति दिने भएको छ । चन्द्रागिरिमा फागुन ३ गते महाशिवरात्रिका दिन भजनसहित महाआरती हुन लागेको हो ।

चन्द्रागिरि हिल्सका अनुसार फागुन ३ गते आइतबार अपराह्न २ बजेदेखि ५ बजेसम्म भालेश्वर मन्दिर परिसरमा पोखराको युवा भजन समूहले आफ्नो भजन प्रस्तुति दिनेछ । उत्तम बराल र जुपिटर पौडेल सहितका भजन समूहले प्रस्तुति गर्ने भजनमा सहभागी भई साँझ महाआरतीमा सहभागी हुन सकिने हिल्सले जनाएको छ ।

महाशिवरात्रिका दिन महाआरतीमा सहभागी हुनेलाई केबलकारको टिकटका ५० प्रतिशत छुटसमेत दिने भएको छ ।

महाआरतीमा जाने भक्तजनहरूका लागि अपराह्न ४ बजेदेखि केबलकारको टिकटमा ५० प्रतिशत छुट दिन लागिएको हो । केबलकार साँझ ८ बजेसम्म सञ्चालन हुने हिल्सले जनाएको छ ।

धार्मिक तथा पर्यटकीय केन्द्र चन्द्रागिरि हिल्समा भालेश्वर महादेवको समेत मन्दिर रहेको छ । उक्त मन्दिर भगवान् शिवको पवित्र स्थल भएको कारण साउनको सोमबार तथा महाशिवरात्रिमा विशेष पूजाआजा र आरती हुने गरेको छ । यस्ता पर्वहरूमा हिल्सले केबलकारको टिकटमा विशेष छुटसमेत दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?