फेवातालमा जाल हान्दा एसएलआर राइफल भेटिएपछि…

लोकपथ
854
Shares

काठमाडौं । पोखराको फेवातालमा माछा मार्न जाल हान्ने क्रममा एसएलआर राईफल फेला परेको छ ।

बिहीबार अपरान्ह ५ बजेको समयमा दिनहुँझै सोही स्थानका ४२ वर्षीय कुमार जलारी जाल हानेर माछा मार्न फेवाताल पुग्छन् । सो क्रममा उनको जालमा माछा नभएर एसएलआर राईफर र सोही राईफलमा लोड भएको १८ थान गोली समेत अड्किन पुग्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार कुमारले खबर गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

डीएसपी बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली त्यहाँ खटिएको थियो । सो क्रममा मु वा १११ (बट) नम्बर बडी नं. १३८१० लेखिएको उक्त हतियार भेटिएको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?