काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं फर्किँदैछन् ।
राजावादीहरुले प्रसाईँको स्वागतका लागि तयारी समेत गरेको छ । त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म ज्ञानेन्द्रलाई भव्य स्वागत गर्ने तयारी गरिएसँगै हुनसक्ने सुरक्षा चुनौतीलाई लिएर सरकारले विमानस्थल परिसरमा निषेधाज्ञा समेत जारी गरेको छ ।
तर राजावादी दलका कार्यकर्ता र ज्ञानेन्द्रका समर्थकहरु समेत विमानस्थल परिसरमा जम्मा भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
यद्यपि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र केही समयअघि पारिवारिक भेटघाटका लागि झापा पुगेका थिए । आज झापाबाट काठमाडौंका लागि बुद्ध एयरको जहाज चढिसकेका छन् ।
विमानस्थल बाहिर राजावादी समर्थकहरुले नाराबाजी समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया