दाङ । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान ग१ज ५६६१ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको हो ।
कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जीप चालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो ।
अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक बालक र दुई महिला छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया