जेनजी आन्दोलनमा हिरासतबाट भागेका कटुवाल फेरि लागुऔषधसहित पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका व्यक्ति पुनः लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–५ का ३१ वर्षीय डिल्लीबहादुर कटुवाल रहेका छन् ।

उनलाई मंगलबार दिउँसो सशस्त्र प्रहरीको टोलीले काठमाडौ गोकर्णश्वर नगरपालिका–२ स्थित नयाँ पाटीबाट २९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

उनी भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त नयाँ बानेश्वरबाट फरार रहेका थिए ।

मंगलबार दिउसो कटुवाललाई सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

साथै उनको साथबाट लागूऔषध तौल मेसिन १ थान, मोबाईल १ थान र ५ हजार नेपाली रुपैयाँ समेत बरामद भएको छ ।

नियन्त्रणमा लिईएका उनलाई बरामद लागूऔषध तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?