विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस् : सुनिता डंगोल

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रूपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन  दिएकी छन् । 

मंगलबार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् ।  

सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रूपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो । उनले सो खोप अभियान काठमाडौ महानगरपालिका भित्रका सबै विद्यालयहरुमा सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरूलाई आग्रह गरिन । 

उनले भनिन्, ‘अघिल्लो वर्षबाट हामीले यो सुरु गरेका थियौ । या भनौँ–पहिलो चाहिँ यो भ्याक्सिन लिनका लागि पैसा तिरेर यो भ्याक्सिन लिइरहनु भएको थियो भने अहिले निःशुल्क यो भ्याक्सिनेशन प्रोग्राम स्कुल स्कुलमा भइरहेको छ । यो प्रोग्रामबाट धेरै भन्दा धेरै बहिनीहरूले यसबाट लाभ लिनुहोस् भन्ने पनि चाहन्छौँ । र यो कार्यक्रम महानगर भरिको सबै स्कुलहरूमा लागू भइरहेको छ । त्यहाँ पनि सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गर्दछु । र, यो प्रोग्रामलाई व्यवस्थित रूपमा अघि बढाई दिन पनि अनुरोध गर्दछु ।’

सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन निःशुल्क रूपमा उपलब्ध गराउने कामलाई अभियानकै रूपमा सञ्चालन गरेको हो । सो अभियानबाट लाभ लिन पनि काठमाडौं महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?