बिर्तामोडकाे एक उद्योगमा विद्युत चुहावट, २८ वर्षीय राजीवको मृत्यु

लोकपथ
56
Shares

झापा ।  झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत् चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ ।

ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्‍याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?