हलोले नै देश जोगाउँछ : कुन्ती पोखरेल

लोकपथ
56
Shares

 काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका काम पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले स्थानीय निर्वाचन क्षेत्रका घरदैलो कार्यक्रममा सहभागी भई स्थानीयको समर्थन पाएपछि यसपटकको जित देशकै जित हुने बताउँदै राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न अपिल गरिन् ।

पोखरेलले स्थानीय युवा क्लब र विकास निर्माणका कामलाई अघि बढाउने योजना पनि सार्वजनिक गरिन् । घरदैलो कार्यक्रमका क्रममा युवा क्लवका सदस्यहरूसँगको भेटमा उनले विगतमा अदृश्य रूपमा सहयोग गर्ने युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिँदै सडकमा आएको देख्दा खुसीले आँसु झरेको बताइन् ।

उनले आफ्नो क्षेत्रमा विकास निर्माणमा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्दै भनिन्, ‘क्लब बनाउनका लागि सामग्री झारिसकेको अवस्थामा पनि अत्याचारपूर्वक काम रोकिएको थियो। मैले वाचा गर्छु, काम बनेरै छोड्नेछु ।’

पोखरेलले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राप्रपाको चुनाव चिन्ह ‘हलो’ को धार्मिक र सांस्कृतिक महत्वलाई जोड दिइन् । उनले माता सीताको उदाहरण दिँदै भनिन्, ‘जसरी हलो जोत्दा सीता माताको उत्पत्ति भयो, त्यसरी नै काठमाडौं–२ बाट हलोले जित हासिल हुनेछ ।’

नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भावी प्रधानमन्त्रीको रूपमा चित्रण गर्दै देश निर्माणका लागि पार्टीलाई जिताउनुपर्नेमा जोड दिइन् । 

उनले विगत तीन वर्षमा चुनाव हार्दा पनि जनतालाई दिएका वाचा पूरा गरेको स्मरण गराउँदै यसपटकको चुनाव व्यक्तिगत नभई समग्र देश र व्यवस्था परिवर्तनको जितको रूपमा व्याख्या गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?