सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

लोकपथ
63
Shares

 काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठन निर्माणका लागि नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन् ।

आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपमा कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले आम नागरिकको अपेक्षाअनुसार प्रहरी संगठन बनाउन सम्मेलन उपयोगी हुने बताए र सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ रहने बताएका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको प्रयोगसँगै बढ्दै गएका परम्परागत, सङ्गठित र साइबर अपराध नियन्त्रण गर्न यस्ता सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजमा हुने अपराध नियन्त्रणका लागि विषय विज्ञको राय र सुझाव लिन सम्मेलनको आयोजना गरिएको जानकारी दिएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र त्यसको नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?