काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने भएको छ । परिवारको आग्रहअनुसार उनको शवको पोस्टमार्टम गरिने कलाकार संघले जनाएको छ ।
शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा सुनिल थापाको निधन भएको थियो ।
शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
नेपाली र बलिउड चलचित्र गरी तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका थापा नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ पात्रलाई नायक सरहको लोकप्रियता र सम्मान दिलाउन सफल कलाकारका रूपमा परिचित छन् । उनी ‘राते काइँला’ नामले विशेष रूपमा चर्चित थिए, जुन पहिचान उनले चलचित्र चिनो बाट बनाएका थिए ।
थापा नेपालमा एक्लै बस्दै आएका थिए भने उनका परिवारका अन्य सदस्य भारतको मुम्बईमा बसोबास गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया