रवि–बालेनप्रति प्रचण्डको कटाक्ष– ‘बिचौलियाको इशारामा चल्नेहरु कसरी नयाँ ?’

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैकल्पिक नाममा उदाएका नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक प्रचण्डले सांकेतिक भाषामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कटाक्ष गरेका हुन् ।

उनले रास्वपाप्रति इंगित गर्दै सामाजिक सञ्जालमा हल्ला गरेर कुनै पार्टी नयाँ नहुने भन्दै कटाक्ष गरे । त्यतिमात्र होइन आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेको भन्दै आफूहरु नयाँ रहेको दाबी गरे । भर्खर खुलेर नयाँ नहुने भन्दै आफ्नो दल नेकपासँग नयाँ विचार र शिद्धान्त रहेको भन्दै आफूहरु नयाँ रहेको दाबी गरे ।

‘आजकल नयाँ भनेर सोसियल मिडियामा हो–हल्ला गर्नेहरु नयाँ हुन् ? ती सबैभन्दा पूराना हुन् । ती दलाल पुँजीपति र बिचौलियाहरुको इशारामा चल्नेहरु कसरी नयाँ हुनसक्छन्,’ प्रचण्डले भने, ‘गाउँगाउँमा गएर, घरघरमा गएर नयाँ भनेको नेपाली कम्युनिष्ट पार्टी हो भन्नुस् । जसले जनताको हक अधिकार र पहिचानको निम्ति लडाईँ लड्यो । जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो । त्यो चाँही पुरानो रे ! दलाल र बिचौलियाको गुणगान गाउने, ती चाँही नयाँ ? तपार्इँहरुले जनतालाई भनिदिनुर्‍यो राम्रैसँग नयाँ केलाई भन्ने ? जसको विचार नयाँ छ त्यही नयाँ हो । जसको एजेण्डा नयाँ छ त्यही नयाँ हो । जसले जनता र राष्ट्रका निम्ति समर्पित गर्छ त्यही नयाँ हो । जसले संघीय लोकतान्त्रिक गणतन्त्र, हजारौँ शहीदहरुको बलिदानीबाट स्थापित भएको यो परिवर्तनको छाँयामा बसेर या परिवर्तनको माध्यममा बसेर अझ यसकै बाहकहरुलाई गाली गर्ने नयाँ हुन सक्दैन ।’

त्यतिमात्र नभइ नयाँ भनिनेहरुबाट राष्ट्र संकटमा समेत रहेको आरोप लगाए ।

‘राष्ट्र अहिले संकटमा छ, तथाकथित नयाँ भन्नेहरुको कारण संकटमा छ,’ प्रचण्डको कटाक्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?