निर्वाचन एकैचोटि, निष्पक्ष र सुरक्षित ढंगले सम्पन्न होस् : सांसद बिसी

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले प्रधानमन्त्री सुशीला कार्कीको निर्वाचन दुई चरणमा हुनसक्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारलाई तोकिएको मितिमा एकै पटक देशभर निर्वाचन सम्पन्न गर्न सचेत गराएकी छन् । उनले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिसीले भनिन्, ‘यो सरकार ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सक्षम छ । तर प्रधानमन्त्रीले कहिलेकाहीँ दुई चरणमा निर्वाचन हुनसक्छ वा निर्वाचन ढिला हुन सक्छ भन्ने अभिव्यक्ति दिएकाले, म सरकारसँग माग गर्न चाहन्छु कि एकैचोटी चुनाव गरियोस्। साथै जहाँ असुरक्षा छ, त्यहाँ सुरक्षा सुनिश्चित गरियोस् ।’

उनले सरकारको दायित्व एकैचरणमा निर्वाचन सम्पन्न गराउने भएकाले त्यसबाट भाग्ने प्रयास गर्नु हुँदैन भन्ने कुरा पनि जोड दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?