झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड

लोकपथ
1.8k
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा–५ स्थित सम्पर्क कार्यालयमा बुधबार राति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडका क्रममा कमल गाउँपालिका–२ स्थित रास्वपा कार्यालयको झ्यालको सिसा फुटेको छ ।

सो क्षेत्रमा रास्वपाबाट बालेन्द्र शाह (बालेन) उम्मेद्वार छन् । बालेनको प्रचारप्रसार र मतदाता भेटघाटका लागि केही दिनअघि मात्रै त्यहाँ सम्पर्क कार्यालय खोलिएको थियो । सो घर जयराम अधिकारीको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, अहिलेसम्म तोडफोड गर्ने व्यक्ति वा समूह पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?