हामी प्रधानमन्त्री बनाउन होइन, देशको नेतृत्व गर्न आएका छौँ : कुलमान घिसिङ

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैँ देशको नेतृत्व गर्न आएको बताएका छन् । 

आज बिहान चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका घिसिङले सञ्चारकर्मीहरूसँगको कुराकानीमा  यस्तो बताएका हुन् । 

उनले भने, ‘देशको लिड गर्न हामी आएका छौँ। अरू कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ। हामी नै यो देशमा परिवर्तन गर्नेछौँ।’

उनले आगामी निर्वाचनमा पार्टीको योजनाबद्ध अभियानमार्फत देशमा ठोस परिवर्तन ल्याउने दाबी  गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?