ईश्वर पोखरेलले सुझाव माग्दै भने– ‘युवाहरूको उज्वल भविष्यका लागि सुझाव चाहिन्छ’

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र निर्माण गर्न मतदाता र सर्वसाधारणसँग सुझाव मागेका छन् ।

पोखरेलले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मतदाता तथा युवाहरूलाई सिर्जनात्मक र उपयोगी सुझाव दिन आग्रह गरेका हुन् । 

उनले संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप सशक्त र समाजवादको आधारमा उपयोगी बनाउँदै अघि बढ्ने उद्देश्यका साथ उम्मेदवार बनेको बताए ।

पोखरेलले लेखेका छन्, ‘यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु। तपाईँहरूको सुझावले मेरो योजनाको दृष्टिकोण अझ फराकिलो र वस्तुनिष्ठ बनाउन मद्दत पुर्‍याउनेछ ।’

उनको यस आह्वानलाई निर्वाचन अभियानमा जनसहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ । 

पोखरेल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट प्रत्यक्षतर्फको उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?