काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमाली भेगमा हिउँ पर्छ भन्ने विषयलाई देखाएर निर्वाचन सार्ने प्रयास भइरहेको बताएका छन् ।
बुधबार साँझ काठमाडौंमा रहेका झापालीसँग आयोजित निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिमाली क्षेत्रमा हिउँ पर्ने कुरा नयाँ नभएको भन्दै अहिले आएर त्यसलाई बहाना बनाउनु आश्चर्यजनक भएको बताए ।
उनले भने, ‘हिमाली भेगमा हिउँ पर्छ भन्ने कुरा अस्ति थाहा नहुने, अहिले आएर कसरी थाहा भो ?’
अध्यक्ष ओलीले एमालेले पहिलेदेखि नै एकै चोटि निर्वाचनको मिति तोक्नुपर्ने धारणा राख्दै आएको उल्लेख गर्दै आवश्यकता परे मिति सार्न सकिने तर निर्वाचन एकै दिन हुनुपर्नेमा जोड दिए ।
‘हामीले उहिल्यै भनेका छौँ एक चोटिलाई मिति राख । अहिले पनि हामी भन्न चाहन्छौँ, भ्याइँदैन भने मिति सार, तर एकै दिन निर्वाचन हुनुपर्छ,’ उनले भने, ‘निर्वाचनपछि सोझै मतगणना हुनुपर्छ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन ।’
ओलीले निष्पक्ष, स्वच्छ र समयमै निर्वाचन हुनुपर्ने एमालेको अडान दोहोर्याउँदै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको चलखेल स्वीकार्य नहुने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया