काठमाडौं । नेकपा एमालेका सचिव डा.राजन भट्टराईले पार्टी नीतिगत रूपमा अझै पनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले एमाले संसद पुनःस्थापनाको पक्षमा भए पनि पार्टी निर्वाचनबाट भाग्ने छैन भनी स्पष्ट पारे ।
डा.भट्टराईका अनुसार, संसद पुनःस्थापना भए मुलुकले संविधान र लोकतन्त्रलाई कम जोखिममा सहज मार्गमा फर्काउन सक्नेछ ।
उनले भने, ‘हामी नीतिगत रुपमा अहिले पनि मान्यता राख्छौँ कि संसद पुनःस्थापना भए मुलुकले सबैभन्दा कम जोखिमबाट संविधान र लोकतन्त्रलाई सहज बाटोमा फर्काउन सक्छ। तर जहाँसम्म निर्वाचनको कुरा छ, हामी जनताको बीचमा गएर आफ्ना नीति, कार्यक्रम, विगतका योगदान र सेवाका आधारमा अनुमोदन लिन तयार छौँ। एमाले भाग्ने पार्टी होइन ।’
डा.भट्टराईले आगामी निर्वाचनमा काठमाडौं उपत्यकामा एमालेले उल्लेखनीय सफलता हासिल गर्ने दाबी पनि गरे । उनका अनुसार उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमध्ये अधिकांश सिटमा पार्टीका उम्मेदवार विजयी हुने विश्वास पार्टीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया