जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक जापान भ्रमण सम्पन्न गरी आज नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान पुगेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव विशेष स्वागत समारोहलाई सम्बोधन गरेका थिए । साथै, उनले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया