काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर बालेन्द्र शाह ‘बालेन’ ले झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गरे ।
उनले बालेनले त्यहाँको सुकुम्वासीहरुलाई लालपूर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरुलाई अपिल गरे ।
बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो ।
उनले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताए ।
उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि बताए ।
उनले भने, ‘काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनजी होइन ? काठमाडौंको गरीखाने सडकका मान्छेलाई डोजरले हटाउने बालेनजी होइन ? अनि त्यही व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लाजपूर्जा दिन्छु भन्ने कुराको विश्वास गर्ने हो भने जनताले धोका पायो । म सबै जनतालाई अनुरोध गर्न चाहन्छु–धोकामा नपर्नुस् । विगत हेर्नुस् । हिजोका कुरा हुेर्नस्, अस्तीका कुरा हेर्नुस् । र आज के हुँदैछ, भोली के कुरा भन्दैछ ? यस्ता कुरामा विश्वास नगर्नुस् भन्न चाहन्छु पहिलो कुरा । दोस्रो कुरा निकै ठूलो डिजाईनका साथ बालेनलाई त्यहाँ पठाइयो । त्योभित्र एउटा एमाले भित्र टेन्सन सृजना गर्ने भन्ने छ । हाम्रो अध्यक्ष जो, १६५ वटै निर्वाचन क्षेत्रमा जानुपर्ने व्यक्ति हो नि उहाँ चुनावको लागि । त्यसकारण एमालेको चुनावी अभियानमा पनि कमजोर होस भन्ने मनसायका साथ यो काम गरिएको छ । तेस्रो भनेको हल्ला नै हल्लाको देश हो नि यो । झुट, फरेव साराका सारा लगाएर त्यहाँका जनतालाई झुक्याउन सकिन्छ कि ? भन्ने प्रयत्न गर्न खोजिएको हो । शुरुका दिनमा त जित्यो बालेनले भनिएको हो । २१ गते पुगोस् न । जित्ने त केपी ओलीले नै हो । अहिलेसम्मको अनुभवमा हाम्रो अभियान पहिलो पार्टी बनाउने हो, हुन्छौँ ।’
उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरुलाई चाहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया