ससुराली पुगेर पतिले गरे पत्नीको हत्या, पछि गरे आत्महत्या

लोकपथ
994
Shares

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक दम्पती मृत फेला परेका छन् । आज बिहान करिब २ः४५ बजे रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा दम्पतीको शव फेला परेको हो  । 

मृतक दम्पती रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डल र उनकी पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार साँझ धनपट्टीस्थित ससुराली घर पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका क्रममा उनले पत्नी अम्बिकाकुमारीमाथि चक्कु प्रहार गरेको खुलेको छ । घटनास्थलमै अम्बिकाकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कु प्रयोग गरी आफूलाई चोट पुर्‍याएका थिए, जसका कारण उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?