नकारात्मक कमेन्टप्रति झाँक्रीको आक्रोश– ‘कमेन्ट गर्नेहरु बेरोजगार हुन्’

लोकपथ
602
Shares

काठमाडौं । नेकपा एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले आफ्नो सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट आएकोप्रति कटाक्ष गरेकी छन् ।

एकीकृत समाजवादी छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेकी झाँक्रीमाथि सामाजिक सञ्जालमा उनीमाथि भद्धा टिप्पणी समेत हुने गरेको देखिन्छ ।

सोही विषयमा आपत्ति जनाउँदै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले आफूमाथि कमेन्ट गर्नेहरु बेरोजगार र पेड मान्छेहरु रहेको आरोप लगाइन् ।

‘सूचना त सेयर गर्नै पर्यो । मैले आफ्नो विचार वा धारणा मेरो स्टाटसमा हाल्छु। मलाई यो मतलव हुदैन कि यहाँ कति जना मेरो वालमा आए र कमेन्ट गरे । यो त बेरोजगार वा पेड मान्छेहरूको काम हो। तर मलाई चाहि केहि Hidden फाईदा हुने रहेछ । पछि भन्छु है फाईदा के भनेर,’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?