काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीन कर्मचारीलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छविप्रसाद रिजाल छन् ।
कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरूको साथबाट ४ लाख ५३ हजार ५ सय ५६ रुपैयाँ नगद बरामद भएको छ । यस्तै, २३ थान मोबाइल सेट पनि बरामद गरिएको छ ।
अख्तियारका अनुसार, कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १ लाख ४६ हजार र नासु रिजालको कार्यकक्षबाट २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ नगद बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया