काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्य घट्नेक्रम जारी छ । आज सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो आइतबार तोलामा ३ लाख रुपैयाँ थियो ।
यस्तै, गत बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया