कांग्रेसको चुनावी घोषणापत्र छोटो, मिठो र सबैले अपनत्व लिने किसिमको हुनेछ : प्रवक्ता चालिसे

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले यस्तो बताएको हो । 

पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको बताए ।  त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताए । कांग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उनको भनाइ छ । सबैले सहज रुपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनिक गर्ने बताए । 

उनले भने, ‘घोषणा पत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसाबले तयार पारिरहेका छौँ । मेरो होस् भनेर अपनत्व गरुन् । त्यसका लागि विज्ञहरुसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ । डेमोक्रेटिक हिसाबले दस्ताबेज बनाएका छौँ । केही समय लागेको हो । यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ । केही दिनपछि नै प्रतिक्षारत घोषणापत्र सार्वजनिक गर्छौँ ।’

उनले कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि  बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?