अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।

शहिद दिवसका अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

सन्देशमा उनले भनिन्, ‘शहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ । अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने हाम्रो साझा संकल्प हुनुपर्छ ।’

प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि विशेष नमन व्यक्त गरेकी छन् ।

साथै, उनले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको उल्लेख गर्दै शहिदहरूको सपना साकार पार्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?