महेश बस्नेतदेखि बालेनसम्मले अझै दिएनन् निर्वाचन आयोगलाई जवाफ

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका उम्मेदवार र विभिन्न संस्थाहरुलाई स्पष्टीकरण सोधेकोमा केहीबाट मात्रै जवाफ प्राप्त भएको जनाएको छ ।

आयोगले फागुन २१ को निर्वाचनका उम्मेदवार र कतिपय संस्थाहरुसँग स्पष्टीकरण माग गरेको थियो । २१ पक्षसँग स्पष्टीकरण सोधिएकोमा जम्मा ५ वटा मात्रै जवाफ आएको आयोगले जनाएको छ ।

आयोगको स्पष्टीकरणको जवाफ फर्काउनेमा कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल, जाजरकोटका नेकपाका उम्मेदवार शक्तिबहादुृर बस्नेत र भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवार बनेकी शोभा भनिने जानुका पाठक रहेका छन् ।

अन्यले भने जवाफ फर्काएका छैनन् । जसमा झापा क्षेत्र नं ५ बाट उम्मेदवार समेत बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

देखि नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतसम्म रहेका छन् । बस्नेतले मधेशी समुदायको भाषालााई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनीविरुद्ध परेको उजुरीको आधारमा आयोगले स्पष्टीकरण सोधेको थियो । यता बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्ट्याटसमा जवाफ फर्काउँदै असहिष्णु अभिव्यक्ति दिएका थिए ।

आयोगले बालेनलाई २ प्रश्नसहित स्पष्टीकरण सोधेकोमा उनले अझै जवाफ नदिएका हुन् ।

यी हुन् आयोगले स्पष्टीकरण सोधेका व्यक्ति र संस्था :

१. वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीः उम्मेदवार, काठमाडौं ४
२.माननीय हिक्मत कुमार कार्कीः मुख्यमन्त्री , कोशी प्रदेश (जवाफ प्राप्त)
३. जगदिश खरेलः उम्मेदवार, दोलखा १ (जवाफ प्राप्त)
४. अखिल नेपाल फुटबल संघ –एन्फा)
५. राष्ट्रिय खेलकूद परिषद्

६. शक्ति बहादुर बस्नेतः उम्मेदवार, जाजरकोट १ (जवाफ प्राप्त)
७. माननीय इस्राइल मन्सुरीः मन्त्री, कोशी प्रदेश
८.विश्वराज पोखरेलः उम्मेदवार, ओखलढुंगा १
९. जानुका पाठकः उम्मेदवार, भक्तपुर २ (जवाफ प्राप्त)
१०. श्रम संस्कृति पार्टी (जवाफ प्राप्त)
११. कमल भुसाल (डा. निकोलस) उम्मेदवार, रुपन्देही
१२. नेपाल स्वास्थ्य स्वयंसेवक संघ
१३.आधारभूत विद्यालय, श्री सिया आदर्शचोक
१४.महेश बस्नेतः उम्मेदवार, भक्तपुर २
१५.बालेन्द्र शाहः उम्मेदवार, झापा ५
१६.पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ मोरङ
१७. देवीराम आचार्य, देउती आधारभूत विद्यालय, दैलेख
१८. चन्द्रकान्त राउत (सके राउत), उम्मेदवार, सप्तरी २
१९. खगेन्द्र सुनारः उम्मेदवार, बाँके ३
२०. गुठी संस्थान, त्रिपुरेश्वर काठमाडैं
२१. निशा अधिकारीः उम्मेदवार, काठमाडौं ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?