निकोलश भुसालका ‘उडन्ते’ योजना : पृथ्वीलाई स्वर्ग बनाउनेदेखि नेपालीलाई करोडपति बनाउनेसम्म

लोकपथ
189
Shares

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलश भुसाल रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार रहेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिष्पर्धामा रहेका कारण उनी अहिले थप चर्चामा रहेका छन् ।

आफ्नै बोलीका कारण चर्चा र विवादमा आउने निकोलशले फागुन २१ को निर्वाचनका लागि घोषणापत्रको सम्यौदा सार्वजनिक गरेका छन् । यसअघि नै नेपालमा भएका सबै सालका रुखलाई काटेर बेच्ने र त्यही पैसाले नेपालीहरुलाई करोडपति बनाउने भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनले निर्वाचनका लागि समेत सोही प्रकारका उडन्ते योजनाहरु अघि सारेका छन् । उनले विंस २०९० सम्म नेपाललाई स्वर्ग बनाउनेदेखि विसं २१०० सम्म पृथ्वीलाई नै स्वर्ग बनाउने लगायतका घोषणाहरु अघि सारेका छन् ।
‘हरित स्वर्ग ः २०९० सम्म नेपाललाई र २१०० सम्म पृथ्वीलाई स्वर्ग बनाउने स्वर्ग हो भनेर चिनाउने,’ उनले आफ्नो उदेश्यमा लेखेका छन् ।

यसैगरी उनले निर्वाचनको एकमहिनापछि नै जेनजीका सबै मागहरु पूरा गर्ने, ३ महिनाभित्र लघुवित्त, सहकारी र मिटरब्याज पीडितहरुको ऋण मिनाह गर्ने समेत घोषणापत्रमा उल्लेख गरेका छन् ।

उनले आगामी ३ वर्षमा सबै नेपालीलाई रोजगार दिएर देशको ऋण तिर्ने, ५ वर्षमा ३००० खर्बको अर्थतन्त्रसहित सारा नेपालीलाई करोड़पति बनाउने र अबको ८ वर्षमा अर्थात् विसं २०९० मा नेपाललाई स्वर्गको एक नमूना बनाउनेसम्मका योजना समेटेका छन् ।

यस्ता छन् भुसालका घोषणापत्रमा समेटिने मुख्य बुँदाहरु :

सुझाव सल्लाहको लागी बीनम्र अनुरोध,

अहिले हामी घोषणापत्र लेखनमा छौ,

हाम्रो उद्देश्य

हरित स्वर्ग : २०९० सम्म नेपाललाई र २१०० सम्म पृथ्वीलाई स्वर्ग बनाउने स्वर्ग हो भनेर चिनाउने ।

लक्ष्य :

1. १ महीना भित्र सम्पूर्ण Gen Z का माग पूरा गर्ने ।

2. ३ महीनामा सहकारी, लघुबित्त, मीटरब्याज पीड़ितको पैसा फिर्ता गर्ने

3. १ बर्षमा शिक्षा, स्वस्थ्य, न्याय, सुरक्षा, पानी, बिजूली सब निःशुल्क गर्ने

4. ३ बर्षमा सारा नेपालीलाई रोजगार दीएर देशको ऋण तीर्ने ।

5. ५ बर्षमा ३००० खरबको अर्थतन्त्र सहित सारा नेपालीलाई करोड़पति बनाउने ।

6. ८ बर्षमा २०९० मा नेपाललाई स्वर्गको एक नमूना बनाउने

7. Vision २१०० अन्तर्गत बिश्व शान्ति संगठन मार्फ़त पृथ्वी स्वर्ग बनाउने ।

नीतिगत अवधारणा :

१. वैदिक सनातन हिन्दू, बुद्ध, किरात रास्ट्र नेपाल ।

२. प्रदेश सभा र मन्त्री खारेज ।

३. नेपालको उत्पादन देश तथा विदेशमा पुर्याउने ।

४. शिक्षा स्वस्थ्य पूर्ण रूपमा सरकारको ज़िम्मेवारी ।

६. नेपालको खानी, पानी, जल, जंगल, जड़ीबूटी सबै कुरा वैधानिक गरी आर्थिक क्रान्ति गर्ने ।

हाम्रो सिद्धांतहरु

1. रास्ट्रियता

2. एकता

3. मानवता

4. सहकार्य

5. सहयात्रा

6. आत्मनिर्भरता

7. स्वाभिमान

हाम्रा कार्यक्रमहरु

सामाजिक विकास तर्फ़

1. स्वस्थ्य नेपाल ख़ुसी नेपाली निरोगी नेपाल महाअभियान – तपोभूमि नेपाल

2. शिक्षित नेपाल विकसित नेपाल – ज्ञानभूमि नेपाल

3. हप्ताको एकदिन रास्ट्रका लागी श्रमदान अभियान

4. सफ़ा नेपाल हरियाली नेपाल – फोहोरबाट मोहोर – फोहोर मुक्त नेपाल

5. खेल रास्ट्रका लागी खेल स्वस्थ्य का लागी

6. कला एकताका लागी कला शान्तिका लागी

7. भोकालाई भोजन प्यासीलाई पानी र रोगीलाई उपचार

8. न्याय नपाए गोर्खा जानू – सुशासन युक्त नेपाल

9. सबैलाई बराबर सम्मान सबैलाई समान अधिकार – सकारात्मक सोच र रास्ट्रिय एकता नै विकासका आधार ।

10. हामी सक्षम छौ – अपाँगता भएका ब्याक्तिहरुका लागि

11. १ प्रदेश १ रंगशाला

आर्थिक विकास तर्फ़

1. आत्मनिर्भर नेपाल महाअभियान – देशको खाऊँ देशको लगाऊ देशमै रमाऊ ।

2. स्वर्गको पहीचान नेपाल – १०८ पर्यटक गन्तबय र देशलाई स्वर्गको एक बग़ैचा जसरी सजाउने । १ बर्षमा १ करोड़ पर्यटक नेपालमा ल्याउने ।

3. जल, जंगल, ज़मीन, जड़ीबूटी, जलश्रोत र जनशक्तिको सदुपयोग गरी हरेक नेपालीलाई करोड़पति बनाउने ।

4. उत्पादन, ऊर्जा, व्यापार, उद्योगी मज़दूर लगाएत सबैको सम्पूर्ण जिन्मेवारी सरकारले लीने र आवश्यक सेवा सुबिधा प्रदान गर्ने ।

5. Remittance Based Economy लाई Production Based Economy मा परिवर्तन गर्ने

6. आयात कम गरी निर्यात बढ़ाएर ३ बर्षमा व्यापार घाटा अन्त्य गर्ने ।

7. सम्पूर्ण बस ब्यवसायी, ट्रक , ट्याक्सी, रिक्शा लगाएत यातायात बेवस्यायीको सम्पूर्ण सेवा सुबिधा सहित सम्मानित र प्रतिष्ठित पेसाको रूपमा विकास गर्ने ।

स्थानीय योजना :

१. लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने । तिलोत्तमा र सैनामैनाको नगरअस्पतालको अभिवृद्धि र सञ्चालन गर्ने । सैनामैनाको लगाएत प्राकृतिक चिकित्सालाई पनी प्राथमिकतामा राखी विकास गर्ने ।

२. सैनामैनाको रंगशालालाई तत्काल निर्माण गरी खेल सुरु गर्ने । हरेक वड़ामा खेल मैदानी बनाउने ।

३. रिफ्रेश सेण्टर, लामिरह, बिर्द मिलन केन्द्र लगाएत अन्य रोकीएका कार्यक्रमलाई तत्काल अगाड़ी बढ़ाउने ।

४. तीनाउ खोलाको तटबन्धलाई छिटो अगाड़ी बढ़ाउने ।

५. सुकुम्बासी र अन्य स्थानको लालपुर्जाको समस्या तत्काल समाधान गर्ने ।

६. तीनाऊ खोला, १६/३६ कुलोलाई बागमति हून नदिने तत्काल दीर्घक़ालीन निकास गर्ने ।

७. ज्योतिनगरको पहीरोलाई दीर्घकालिक योजना सहित तत्काल समाधान गर्ने ।

८. शिवनगर, तिलोत्तमा, बोलबम र देवदहको गौशालालाई तत्काल स्तरउन्नति गरी सड़कमा गाईको समस्या तत्काल समाधान गर्ने ।

९. Hightensonको समस्या तत्काल समाधान गर्ने ।

१०. पर्यटन बेवस्थापनका लागी फूलबारी, हिलपार्क, नुवाकोट, बसन्तपुर, बनबाटिका, तिलोत्तमा पार्क, मिलन पार्क लगाएतको स्तरउन्नति र विकास गर्ने ।

११. बोलबम धाम, मुक्तिनाथ धाम, जितगढ़ी मंदिर, कालिका मन्दिर, राम मन्दिर, दुर्गा मन्दिर, मोक्ष धाम, श्रृंगेश्वर धाम, सरस्वोती मन्दिर, दुर्गा मन्दिर, ॐ शान्ति, इस्कन, ओशो आश्रम लगाएत धार्मिक स्थानमा गुरूकुल सहित सम्पूर्ण धार्मिक सेवाको बेवस्थापन गर्ने ।

१२. हरेक वड़ामा नेपाली कृषि र अन्य उत्पादनको लागि हाटबजार लगाउने । बुटवलबाट हरेक पालिकाका उत्पादनको बजार ग्यारेंटी गर्ने ।

१३. शिक्षामा लुम्बिनी वाणिज्य क्याँपसलाई बिश्व बिद्यालय स्तरमा विकास गर्ने र अन्य बिद्यालय र क्याँपसलाई पनी प्रयोगात्मक शिक्षाको पनी विकास गर्ने ।

१३. तिलोत्तमालाई औद्योगिक नगरी, बुटवललाई शिक्षा र सैनामैनालाई IT को केन्द्रबिन्दुको रूपमा विकास गर्ने ।

१४. युवाहरुलाई रोजगारको सुनिश्चितता गर्ने । ऋषि र कृषि परम्परा मार्फ़त देशलाई आत्मनिर्भर बनाउने ।

१५. उद्योग र व्यापारको केन्द्रबिन्दुको रूपमा यो क्षेत्रको विकास गर्ने ।

१६. सहकारी, लघुबित्त र बैंकिंग पीड़ितलाई न्याय दीने ।

यो देशको इतिहास

अबको नेपाल

सत्यभूमि शान्तिभूमि कर्मभूमि देवभूमि ज्ञानभूमि तपोभूमि र मोक्ष भूमि हो नेपाल । संसारको गुरू रास्ट्र हो हाम्रो नेपाल । ग़रीब देश हैन हाम्रो ग़रीब बनाईएको हो । पढ़ाईएको हो ।

रास्ट्रिय ग़ौरबका योजना हरु

2. बैकुण्ठमार्ग

3. स्वर्ग जाने बाटो

4. ७ प्रदेश ७ चक्र

5. बिश्वको उच्च रंगशाला

6. सर्वोच्च अदालत

7. Gorkha World Bank

8. विधानसभा – जनकपूर

9. हिन्दू मन्दिर चतरा

अन्तर्राष्ट्रीय योजना

1. ग्लोबल पीस यूनियन र ७ साखाहरु

2. भारत

3. चाईना

4. अमेरिका

5. रसिया

6. अफ़्रीका

7. युरोप

8. आस्ट्रेलिया

9. अंटार्कटिका

हाम्रा महाअभियानहरु

१. आत्मनिर्भर नेपाल महाअभियान

२. देश फ़र्क़ अभियान, गाऊँ फर्क महाअभियान

३. निरोगी नेपाल महाअभियान

४. रास्ट्र पुनर्निर्माण महाअभियान

५. आफ्नो गाऊँ आफ़ै बनाऊ आफ्नो देश आफ़ै सजाउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?