आयोगलाई हर्कको जवाफ– ‘लाखौँ समर्थक छन्, चुनाव प्रचारमा बालबालिकाको सहारा चाहिन्न’

लोकपथ
77
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफूले चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग नगरेको स्पष्टीकरण दिएका छन् ।

चुनावको प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा परेको उजुरीका आधारमा उनीमाथि स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ फर्काउँदै अध्यक्ष साम्पाङले आफ्नो लाखौँ समर्थक रहेको दाबी गर्दै प्रचारका लागि बालबालिकाको आवश्यक्ता नरहेको समेत बताए ।

‘लाखौँ समर्थक भएको मलाई जाबो चुनाव प्रचार गर्नकै लागि बालबालिका केटाकेटीको साहरा लिनुपर्ने के नै खाँचो छ र ! वयस्क त प्रौढहरुलाई त अह्राउन त भ्याउँदिन, हजारौँ जनाको चुनाव परिचालन समिति रहेको छ ! मलाई जनशक्तिको अभाव छैन । मलाई जनशक्तिको अभाव नभएकाले बालबालिकाको मद्दत लिनुपर्ने कुरै आउँदैन । आमाबाबालाई पछ्याएरु आएका हुन सक्छन् जसको मलाई कुनै जानकारी छैन,’ उनले स्पष्टीकरण दिँदै भनेका छन् ।

त्यस्तै हर्कले विदेशमा रहेका नेपालीहरुले आफ्नो फोटो अंकित टिशर्ट छपाइदिएकाले त्यही टिशर्ट बालबालिकाले लगाएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?