बालेनसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, पत्रमा के छ ?

लोकपथ
1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ ।

झापा क्षेत्र नं ५ बाट उम्मेदवार समेत बनेका बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिबारे आयोगले स्पष्टीकरण सोधेको हो ।

ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।.त्यसमा बालेनले कमेन्ट गर्दै ‘जेनजी आन्दोलनको हत्यारासँग आफूले मञ्च सेयर नगर्ने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

आयोगले बालेनलाई स्पष्टीकरण सोध्दै २ प्रश्न समेत समेत सोधेको छ ।

आयोगले ओलीमाथि असहिष्णु अभिव्यक्ति दिएको हो या होइन ? भन्दै प्रश्न गरेको छ । साथै आफैँसँग प्रतिष्पर्धामा रहेको व्यक्तिलाई दोषी करार गर्ने काम निर्वाचन आयोग ऐन प्रतिकुल हुन्छ या हुँदैन ? भन्दै प्रश्न समेत गरेको छ ।

‘आफूसँग निर्वाचनमा प्रतिष्पर्धी रहेको व्यक्तिले राखेको स्ट्याटसका सम्बन्धमा निज नै खास घटनामा दोषी रहेको भनी करार गर्ने विषय निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ) को प्रतिकुल वा हुँदैन ?,’ प्रश्न गर्दै आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?