ओखलढुंगामा लुटपाटपछि वृद्ध दम्पतीको बीभत्स हत्या

एक महिनाअघि पनि सोही ठाउँमा भएको थियो दम्पतीको हत्या

लोकपथ
238
Shares

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा लुटपाटपछि वृद्ध दम्पतीको बीभत्स हत्या गरिएको छ ।

सो ठाउँको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको हो । सो ठाउँमा वृद्ध दम्पतीले सानो पसल सञ्चालन गर्दै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र आफू पनि जाँदै गरेको बताए ।

एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो । मगर दम्पतीको हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?