महिला टी–२० विश्वकप : स्कटल्यान्डसँगको लज्जास्पद हारसँगै ग्लोबल छनोटको समूह चरणबाटै बाहिरियो नेपाल 

लोकपथ
168
Shares

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । समूह चरणमा तीन खेलमा जित र एक खेलमा हार भोगेसँगै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो । 

आज स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भयो ।  

नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ रन बनाउँदा रोमा थापा १४ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १० रन थप्दा अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुनसमेत सकेनन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?