काठमाडौं । विदेशी पर्यटकहरुलाई विभिन्न संस्थाको नाममा फेक रेस्क्यू (नक्कली उद्दार) गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ट्राभल एजेन्सीमा आवद्ध रहेका व्यक्तिहरु रहेका छन् ।
आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी ६ जना पक्राउ गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सीआईबी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीले फेक रेस्क्यू गर्नेहरुविरुद्ध थप कडा कदम चालिने समेत जानकारी दिए ।
उनका अनुसार माउन्टेन रेस्क्यू नामक ट्राभल एजेन्सीका २ जना रहेका छन् । जयराम रिमाल (सञ्चालक) र विवेक पाण्डे (म्यानेजर) लाई पक्राउ गरिएको हो ।
त्यस्तै नेपाल चाटर्ड सर्भिस्का सञ्चालक रविन्द्र अधिकारी र अप्रेशन म्यानेजर विवेकराज थपलियालाई समेत प्रहरीले पक्राउ गरेको छ । यता एभरेष्ट एक्सपेरियन्स एण्ड एसेस्टका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभास केसी रहेका छन् ।
उनीहरुले पर्यटकहरुलाई रेस्क्यूको बाहनामा ठूलो रकम बार्गेनिङ गर्ने गरेको समेत खुल्न आएको छ ।
पत्रकार सम्मेलनमा एआईजी केसीले उक्त कार्यमा संलग्न अन्यको समेत खोजी भइरहेको र जानकारी पाउनेबित्तिकै पक्राउ गर्ने बताए ।
उनले भने, ‘उनीहरुलाई राष्ट्रहित विपरितको गतिविधिमा समेत संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । र, अरु यस कार्यमा संलग्नहरुको पनि प्रमाणको खोजी भईरहेको र सो पाउने वित्तिकै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईनेछ ।’
नेपालमा पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा नक्कली उद्धार कागजात बनाएर विदेशी पर्यटकहरुलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा आफूहरुले अनुसन्धानको कामलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।
यो पनि…
सीआईबीले खोल्यो ‘फेक रेस्क्यु’को पुरानो फाइल, केही व्यक्ति पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया