काठमाडौं । नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले आफू पार्टी छाड्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै केही पात्रहरुका कारण आफू कांग्रेससँगको आवद्धता समाप्त गर्ने सोचमा पुगेको बताए ।
उनले नाम उल्लेख नगरी पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी छाड्ने अवस्थामा पुगेको बताए ।
‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु । धेरैपटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी–गरिदिएँ, कैयौँको जीवन जोगाइदिएँ । एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छोड्नैपर्ने भयो,’ उनले भनेका छन् ।
गत निर्वाचन बजगाईँ गोरखा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया