बागमती । हेटौँडा उपमहानगरपालिका–८ स्थित महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ ।
उद्योग नजिकै निर्माण गरिएको तयारी साबुन र कच्चा पदार्थ भण्डारण गर्ने गोदाममा गए राति अचानक विद्युत् सर्ट भएर आगो लागेको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिए । आगलागीमा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर नष्ट भएका छन् ।
बुढाथोकीका अनुसार क्षतिको रकम तत्काल निश्चित गर्न नसकिने भए पनि करिब १०–१२ करोड मूल्य बराबरको क्षति भएको अनुमान गर्न सकिन्छ ।
मध्यरातमा आगो लागेपछि उद्योगले सुरक्षा निकायलाई खबर गर्यो र आगो निभाउने प्रयास भए पनि तत्काल नियन्त्रणमा लिन नसकिएपछि बढी क्षति भएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका दुई वटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा केही बेरअघि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया