रुकुम पूर्वमा बोइलर कुखुरा बोकेको जिप दुर्घटना

लोकपथ
35
Shares

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आज बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।

सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ जाँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे गाउँपालिका–४ स्थित धौदापहिरामा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय काँक्रीका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ । सडकमा जमेको तुसारोका कारण जिप चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको र जिप सडकमा अड्किएकाले पन्छाउने कार्य भइरहेको प्रहरी  जनाएको छ ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?