कुलमान भन्छन् : ‘शहीदको बलिदान खेर जान दिन्न’

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी शहीदको भावना अनुसार आफ्नो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘शहीद परिवारको भावना मैले पनि बुझेको छु । आर्यघाटदेखि उपचाररत व्यक्तिसम्म पुगेर काम गरेको छु । हामीले बोल्ने भन्दा पनि भावनाले बुझेर काम गरेका थियौँ। मैले मन्त्री भएको नाताले सकेको काम जति गरिसकेको छु । स्ट्याच्यु र जेनजी पार्क बनाउने काममा केही समय लागेको थियो, तर अब आउने सरकारले यसलाई निरन्तरता दिनेछ ।’

घिसिङले आगामी निर्वाचनका लागि उज्यालो पार्टी नेपाल दर्ता गरी सक्रिय भएको र शहीदको बलिदानलाई सम्झदै राजनीतिक क्षेत्रमा योगदान दिने उद्देश्यले अघि बढेको बताए । उनले शहीद परिवारसँग दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

उनले  भने, ‘आगामी सरकारको नेतृत्वमा संसदमा उपस्थित भएर शहीदहरूको सपना पूरा गर्न योगदान दिन हामी तयार छौँ । सबै नेपाली जनता र शहीद परिवारको साथ सहयोग प्राप्त हुनेमा विश्वास छ । मेरो प्रयास सधैँ शहीद परिवारको दुःखमा साथ दिने हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?