नेपालमा वैदिक सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था आवश्यक छ : डा.प्रकाशचन्द्र लोहनी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा.प्रकाशचन्द्र लोहनीले वर्तमान राजनीतिक व्यवस्थाले नेपाली युवामा आक्रोश सिर्जना गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको शासन प्रणालीका कारण जेनजी आन्दोलन उत्पन्न भएको बताउँदै, गणतन्त्र र संघीयताका कारण रोजगारी र आर्थिक विकासमा अपेक्षित प्रगति  नभएको बताए । 

उनले भने, ‘यो संविधानमा के गर्नुपर्थ्यो ? आर्थिक विकास कहाँ भयोरु नयाँ रोजगारी, नयाँ उद्योग कहाँ छन् ? तपाईँहरूको क्रियाकलापका कारण नेपालका युवाको मनमा आक्रोश पैदा भएको छ। साधारण खर्च पनि चलाउन नसक्ने स्थिति सिर्जना भइसकेको छ ।’

लोहनीले नेपालको राष्ट्रिय पहिचान सनातन धर्म र वैदिक हिन्दु संस्कृतिमा आधारित हुनुपर्नेमा जोड दिँदै, राप्रपा मात्र यस मुद्दा उठाउने पार्टी भएको बताए । उनले भने, ‘हामी यो देशमा संविधानभित्रको राजसंस्था चाहन्छौँ। देशको पहिचान वैदिक सनातन हिन्दु राष्ट्र हुनुपर्छ। संघीयता परिमार्जन गर्नुपर्छ। यसलाई स्पष्टताका साथ भन्नुपर्छ। राप्रपा नै यसलाई अघि बढाउने शक्ति हो ।’

उनले देश खोक्रो बनेको र अबको राजनीतिक विकल्पमा राप्रपा नै उदयीमान शक्ति भएको दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?