काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राप्रपा सत्तामा नजाने स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सत्ता केन्द्रित राजनीति राप्रपाको लक्ष्य नभएको बताए । उनले राप्रपाको मूल एजेन्डा नै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएको उल्लेख गर्दै त्यसबिनाको सत्ता स्विकार्य नहुने बताए ।
थापाले स्वयं राजा मतदाता रहेको काठमाडौं क्षेत्र नम्बर ५ बाट आफू निर्वाचित भए देश तथा विदेशमा महत्वपूर्ण राजनीतिक सन्देश जाने दाबी गरे । उनले उक्त क्षेत्र हिन्दुराष्ट्र, राजसंस्था र राष्ट्रवादको पक्षमा उभिने मतदाताको ठूलो संख्या रहेको बताए ।
राजतन्त्रवादी जनमतलाई मतमा परिणत गर्न सकिए फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको विजय सुनिश्चित हुने थापाको भनाइ छ ।
उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने नागरिकलाई राप्रपालाई विजयी गराई काम गर्ने अवसर दिन आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया