नेपाली क्रिकेट टोलीले श्रीलंका ‘ए’ लाई सात विकेटले हरायो

लोकपथ
763
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार श्रीलंका भ्रमणमा रहेको क्रममा श्रीलंका ‘ए’ लाई सात विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १६।२ ओभरमै तीन विकेट गुमाएर १३४ रन बनाउँदै लक्ष्य सहजै पार गर्‍यो ।

 कुशल भुर्तेलले ३५ बलमा ४९ रन बनाएका थिए भने आरिफ शेखले २२ बलमा अविजित २४ रन र दीपेन्द्रसिंह ऐरीले १५ बलमै अविजित २२ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १९ रन बनाए भने आसिफ शेखले ११ रन थपे ।

श्रीलंका ‘ए’ का लागि करुणारत्नेले २३ बलमा ३८ रन बनाएका थिए भने डिकवेलाले २७ बलमा ३३ रन जोडे ।

बलिङतर्फ नेपाली टोलीका शेर मल्लले चार विकेट लिए, चार ओभरमा केवल २० रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा कप्तान रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?