काठमाडौं। नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि मोरङ क्षेत्र नम्बर ३ मा घरदैलो अभियान सुरु गरेका छन् ।
यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका शर्माले आफ्नो निर्वाचन प्रचार(प्रसारको लागि जनतासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाता आकर्षित गर्ने काम थालेका छन् ।
यस अघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद बनेका शर्माले फेरि सांसद बन्ने दाउमा रहेका छन् । स्थानीयहरूले उनका स्वास्थ्य र शिक्षामा पुर्याएको योगदानको कदर गर्दै, निर्वाचन जितेपछि क्षेत्रको विकासमा गरेको काम स्मरण गराएका छन् । डा. शर्माले यहाँका विपन्न नागरिकलाई निःशुल्क उपचार प्रदान गर्दै आएको समेत स्थानीयहरूले बताएका छन् ।
नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा.शर्माले मोरङ–३ मा विकासको काममा विशिष्ट योगदान गरेको बताइन् । उनले भनिन्, ‘मौतको मुखमा पुगेका बिरामीलाई पनि बचाएर उपचार गराउने काम डा.शर्माले गरेका छन् । यहाँभन्दा ठुलो धर्म अरू केही छैन ।’
स्थानीय सीता ढकालले आफू सधैँ डा.शर्माकै मतदाता रहने बताइन् भने देविमाया ढकालले सबै गरिबको निःशुल्क उपचार गरेको कारण आफ्ना रोजाई डा.शर्मामै हुने बताइन् । अरुणकुमार पण्डित र मनोज सापकोटाले पनि नयाँ उम्मेदवार आएपनि डा.शर्माको पकड यहाँ अझै बलियो रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया